‘आज पनि समाजमा छोरा र छोरीबीच विभेद छ । छोरीलाई सम्पत्ति दिने चर्चा हुँदैन । विवाह गरेर दिने चर्चा हुन्छ । यो विभेद कायमै रहेको छ । यसको समाधानका लागि सरकार तयार रहनुपर्छ ।’ -सांसद गैरे
काठमाडौँ — नेकपा एसकी सांसद राजेन्द्रलक्ष्मी गैरैले नेपालमा महिलामाथि अझै पनि सम्पत्तिको अधिकारमा विभेद कायमै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गैरेले मतदान अधिकारदेखि वंशजको अधिकारसम्मका आन्दोलनमार्फत महिलाले अधिकार प्राप्त गरे पनि सम्पत्ति अधिकारको सवालमा सामाजिक चेतना अझै परिवर्तन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘आज पनि समाजमा छोरा र छोरीबीच विभेद छ । छोरीलाई सम्पत्ति दिने चर्चा हुँदैन । विवाह गरेर दिने चर्चा हुन्छ । यो विभेद कायमै रहेको छ । यसको समाधानका लागि सरकार तयार रहनुपर्छ,’ उनले भनिन् ।
उनले नागरिकतासम्बन्धी ऐन संशोधन विधेयकमा महिलाले स्वघोषणा गर्नुपर्ने तर पुरुषले गर्नु नपर्ने विभेदकारी प्रस्ताव खारेज गर्नसमेत माग गरिन् ।
