श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी

मन्त्री भण्डारीले श्रमिकको हितलाई ध्यानमा राख्दै ऐनका संशोधनमा सबैको हित हुनेगरी काम गर्ने बताएका छन्।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

If the workers are healthy, the country will be healthy: Labor Minister Bhandari

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रशतसिंह भण्डारीले श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले हरेक श्रमिकको जिम्मेवारी सरकारको भएको बताए । 

‘हरेक श्रमिकको जिम्मेवारी हाम्रो हो । त्यो श्रमीक स्वस्थ भयो भने प्रतिष्ठान पनि स्वस्थ हुन्छ । मुलुक स्वस्थ हुन्छ । हामी सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने ।

अहिले सरकारले श्रम ऐन संशोधन गर्ने प्रक्रियामा रहेको र विभिन्न ट्रेड युनियन ऐन पनि संशोधन गर्ने मन्त्री भण्डारीले बताए । श्रमिकको हितलाई मध्यनजर गरी सबैको हित हुनेगरी काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully