सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग शुल्क, कुन गाडीले कति तिर्नुपर्छ ?

नेपालकै पहिलो नागढुंगा–सिस्ने खोला सुरुङमार्गको निर्माण अन्तिम चरणमा, पुसदेखि सञ्चालनमा आउने तयारी छ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

The government has decided the consumption fee of Nagadhunga tunnel, which vehicle should pay how much?

काठमाडौँ — सरकारले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग प्रयोग शुल्क तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । 

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउँदै छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ ।

निर्माण अवधि आगामी कात्तिकसम्म छ । ठेक्का लिने निकायले भने दसैंसम्म सबै काम सक्ने दाबी गर्दै आएको छ । ठेक्का प्रक्रियाबाट सुरुङ सञ्चालन गर्ने निकाय छनोट गरेपछि यो सञ्चालनमा आउनेछ । 

कुन गाडीले कति पैसा तिर्नुपर्छ ? 

कार/भ्यान: काठमाडौं आउँदा रु. ६५, जाँदा रु. ६०

मिनीबस/मिनीट्रक: काठमाडौं आउँदा रु. ११५, जाँदा रु. ८०

बस/ट्रक: काठमाडौं आउँदा रु. २६०, जाँदा रु. २००

भारी उपकरण: काठमाडौं आउँदा रु. ६००, जाँदा रु. २५०

कान्तिपुर

Link copied successfully