प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते

सभामुख घिमिरेले जानकारी गराएअनुसार समूह ११ का सदस्यहरूले मात्र भदौ १ गते आइतबारसम्म लिखित प्रश्न बुझाउनु पर्नेछ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Live question and answer program with the Prime Minister on August 4

काठमाडौँ — प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ११ मा रहेका सदस्यहरुले मात्रै प्रश्न सोध्न पाउने सभामुख घिमिरेले जानकारी दिए । प्रश्न सोध्न भदौ १ गते आइतबार दिनको १ बजेभित्र प्रतिनिधिसभाका सचि समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिनसक्ने सभामुखको भनाइ छ । 

कान्तिपुर

Link copied successfully