प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। 

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister will address the House of Representatives today

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। 

हालै भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा त्यसबारे जानकारी गराउने र अन्य समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका थिए। 

कान्तिपुर

Link copied successfully