भारतीय परराष्ट्र सचिव मिस्री आइतबार काठमाडौं आउँदै

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वतयारीका लागि भारतीय परराष्ट्र सचिव विक्रम मिस्री नेतृत्वको कूटनीतिक टोली भारतीय सैनिक बिजनेस जेट एम्ब्रेयरमा आइतबार काठमाडौँमा आउने भएको हो । 

श्रावण २८, २०८२

सुरज कुँवर

Indian Foreign Secretary Misri is coming to Kathmandu on Sunday

काठमाडौँ — प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वतयारीका लागि भारतीय परराष्ट्र सचिव विक्रम मिस्री नेतृत्वको कूटनीतिक टोली आइतबार भारतीय सैनिक बिजनेस जेट एम्ब्रेयरमा आइतबार काठमाडौँमा आउने भएका छन् । 

उच्च स्रोतका अनुसार, भारतीय वायुसेवाको कूटनीतिक उडानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार अनुमति प्रदान गरेको हो । 

केही दिनअघि काठमाडौंस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक उडानको अनुमति मागेको थियो । स्रोतका अनुसार, भारतीय वायुसेनाको बिजनेस जेट एम्ब्रेयर दिल्लीबाट आइतबार दिउँसो १ बजे काठमाडौं आइपुग्ने छ । उक्त विमान सोमबार दिउँसो मात्रै दिल्ली फर्किने छ । 

यस्तो कूटनीतिक उडानमा आउने यात्रुहरूको सेवा शुल्क बुझाउनुपर्छ । यो शुल्कबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ल्यान्डिङ, पार्किङ, न्याभीगेसनल शुल्कहरू मिनाहा गर्छ । 

प्रधानमन्त्री ओलीको भदौ ३१ गते भारत भ्रमणको तय भएको छ । मिस्रीले यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने भनिएको छ । 

द काठमाडौं पोस्टका अनुसार, भारतीय परराष्ट्र सचिव मिस्रीको यो वर्षको दोस्रो पटकको नेपाल भ्रमण हो । उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, आफ्नो समकक्षी अमृत राईसहित उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully