राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा होहल्लासहित झडप भएको हो ।
काठमाडौँ — राप्रपानिकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा होहल्लासहित झडप भएको हो ।
धुम्बाराहीस्थित एस आर ब्याङ्क्वेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू उपस्थित कार्यक्रमको सुरुवातमै होहल्ला भएको हो ।
झडपको अवस्था आएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका छन् ।
