चक्रे मिलनसहित १९ जना अभद्र व्यवहार मुद्दामा धरौटी बुझाउँदै, कसलाई कति ?

जिल्ला अदालत काठमाडौंले सबैभन्दा धेरै मिलनसँग ३० हजार धरौटी माग गरेको छ भने उनका सहयोगीहरुसँग २० हजारदेखि १० हजारसम्म धरौटी माग गरेको छ ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

19 people including Chakra Milan are paying bail in the indecent behavior case, how much to whom?

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले चक्रे मिलनसहित १९ जनालाई अभद्र व्यवहार मुद्दामा धरौटी माग गर्ने आदेश गरेको छ ।

अदालतले सबैभन्दा धेरै मिलनसँग ३० हजार धरौटी माग गरेको हो । अदालतले मिलनका सहयोगीहरुसँग २० हजारदेखि १० हजारसम्म धरौटी माग गरेको छ ।

अदालतले तोकेको धरौटी बुझाएर रिहा हुने प्रक्रिया चलिहरेको अदालतका सूचना अधिकारी दिपकुमार श्रेष्ठले जानकारी दिए । 

चक्रे मिलनसहित अभद्र व्यवहारमा १९ जनासँग मागिएको धरौटी रकम : 

 १. जितबहादुर लामा - १० हजार

२.  ऋतिक लामा - २० हजार

३.  चन्द्रदेव कार्की -१० हजार

४.  प्रकाश गोले -१० हजार

५.  आमिर आले मगर -१०हजार

६ . उत्तम महर्जन -१० हजार

७ . प्रनिश कँडेल -१० हजार

८.  राजु परियार -१० हजार

९ . रोजेश खड्का  - ३० हजार

१० . गणेशबहादुर बोगटी - २० हजार

११ .रोशन सुवेदी - १० हजार 

१२. सन्दीप के.सी -१० हजार

१३ .  राहुल खड्का -१०हजार

१४ . यामु पौडेल -१० हजार

१५ . सौरभ सुनार -१० हजार

१६ . डिल्लीराज कँडेल -२० हजार

१७. चर्के मिलन- ३० हजार

१८ .सुजल शाही  - १० हजार

१९ . निराजन पौडेल - १० हजार

कान्तिपुर

Link copied successfully