इजरायल सरकारले प्यालेस्टिनी आतंकवादी लडाकू समूह हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाएको हो ।
काठमाडौँ — आतंकवादी संगठन हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनी इजरायल जान लागेका छन् ।
उनीहरु आज बिहान फ्लाइ दुबईमार्फत् ९ बजे इजरायलतर्फ जान लागेका हुन् । उनीहरु विपिनको रिहाइको अपीलसहित इजरायल जान लागेको बताइएको छ ।
इजरायल सरकारले प्यालेस्टिनी आतंकवादी लडाकू समूह हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाएको हो ।