प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली तुर्कमनेबासी विमानस्थलबाट दुबई प्रस्थान गरेका छन्, उनलाई उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे।

श्रावण २३, २०८२

रासस

Prime Minister Oli is returning home today

तुर्कमेनिस्तान — तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।

उनी भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे ।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

रासस

Link copied successfully