प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार र सम्पर्क सञ्जालको बारेमा उच्चस्तरीय राउण्ड टेबल सम्बोधन गरे।

श्रावण २२, २०८२

रासस

Courtesy meeting of President Likwan with Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वानले आज शिष्टाचार भेट गरेका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबीच ‘साइडलाइन’ भेट भएको हो ।

प्रधानमन्त्री ओलीले आजै ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गरेका छन् भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गरेका हुन् । 

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन्।

रासस

Link copied successfully