सेयर कारोबार ठगी आरोपमा सेयर ब्रोकर श्रीवास्तवमाथि ३ दिनको म्याद थपेर अनुसन्धान

सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर कारोबारको भुक्तानीस्वरूप पाउनु पर्ने ११ करोड ५५ लाख रुपैयाँ नदिएको भन्दै श्रीवास्तवविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Investigating stockbroker Srivastava by extending 3 days on the charge of stock trading fraud

काठमाडौँ — ११ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गराई काठमाडौं प्रहरी परिसरले उनीमाथि ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको हो ।

सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर कारोबारको भुक्तानीस्वरूप पाउनु पर्ने ११ करोड ५५ लाख रुपैयाँ नदिएको भन्दै श्रीवास्तवविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार श्रीवास्तव आफैं प्रहरी परिसरमा उपस्थित भएका थिए । 

यसअघि अग्रवाल आफैं पनि यस्तै सेयर कारोबारसम्बन्धी ठगी आरोपमा पक्राउ परेका थिए ।

कान्तिपुर

Link copied successfully