रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी : संसद्मा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौँ

प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपाको भिजिट भिसा दुरुपयोगको बहिष्कारलाई संसद्को गरिमा गिराउने कार्यको संज्ञा दिए।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Congress warns RSVP and RPP: If the trend of cursing and exiting the parliament is not stopped, we will retaliate

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्को दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपाले संसद्मा गरिरहेको गतिविधिप्रति आपत्ति जनाए । रास्वपा र राप्रपाले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि संसद् बहिष्कार गर्दै आएका छन् । प्रमुख सचेतक घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसद्को मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘संसद्मा उभिएर सधैं गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भनेर भन्नेजस्ता कुरा भइरहेका छन् । भिजिट भिसा भनेको के मानव तस्करी हो ? यहाँ भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को छ ? को सांसद हुनुहुन्छ ? यो के भन्न खोजिएको हो ?’

अब पनि संसद्मा उभिएर अरूलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवादमा उत्रिने चेतावनी समेत दिए ।

कान्तिपुर

Link copied successfully