कोरियन भाषा परीक्षाका लागि आवेदन माग, ५ हजार ३ सय कोटा

कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा अनिवार्य छ। आवेदन अनलाइन प्रणालीमार्फत दिन सकिन्छ। परीक्षा शुल्क ३,८६६ रुपैयाँ लाग्छ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Application request for Korean language test, 5 thousand 300 quota

काठमाडौँ — वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ ।  शाखाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । 

उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र पशुपालन क्षेत्रमा १ हजार ८ सय कोटा तोकिएको शाखाले जनाएको छ ।

कोरियन भाषा परीक्षाका लागि यही साउन २६ देखि ३१ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । भाषा परीक्षा भने काठमाडौं केन्द्रबाट सञ्चालन हुनेछ । 

ईपीएस प्रणालीअन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरूका लागि भाषा परीक्षा अनिवार्य गरिएको छ । आवेदकले आवेदन फारम अनलाइन प्रणाली https://eoers.epsnepal.gov.np मा गएर भर्नुपर्नेछ।  परीक्षा शुल्क २८ अमेरिकी डलर(आजको रेटअनुसार ३ हजार ८ सय ६६ रुपैयाँ) लाग्छ । परीक्षाको समयतालिका भने पछि प्रकाशित गर्ने शाखाले जनाएको छ । 

अनलाइनबाट कसरी दिने आवेदन, के-के चाहिन्छ कागजात ? 

कान्तिपुर

Link copied successfully