सभामुख घिमिरे स्वदेश फिर्ता

सभामुख घिमिरे जेनेभामा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किए।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Speaker Ghimire returns home

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्वसम्मेलनमा सहभागिता जनाई आज स्वदेश फिर्ता भएका छन् ।

सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए । 

आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले उक्त सम्मेलनमा गरिबीले पछाडि परेका मुलुकहरुलाई कसरी अगाडि बढाउन सकिन्छ ? आइरहेका चुनौती कसरी समाधान गर्न सकिन्छ? शासनसत्ता सञ्चालनमा विधि कसरी बनाउन सकिन्छ ? सरकार सञ्चालन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

'अहिले डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्नसक्ने प्रभाव, यसलाई सरकारले लिनुपर्ने नीति, यसलाई प्रभावकारी ढङ्गबाट कसरी लैजान सकिन्छ ? विश्व राजनीतिक क्षेत्रमा देखा परिरहेका द्वन्द्वहरु असमानतालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो,' उनले भने ।

यही साउन १४ देखि १७ गतेसम्म  जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भुटानलगायत मुलुकका सभामुखसँग द्विपक्षीय भेटघाट गरेको जनाए । 

कान्तिपुर संवाददाता

Link copied successfully