‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनेभन्दा अर्को पवित्र उद्देश्य छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न स्वास्थ्य क्षेत्रलाई निरोगी गन्तव्य बनाउने लक्ष्य राखेको बताए।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

There is no other holy purpose than making a 'prosperous Nepal and a happy Nepali': Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल र सुखी नेपाली' बनाउनेभन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताएका हुन् । 

‘हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । हामी नेपाललाई समृद्ध बनाउन चाहन्छौँ, आधुनिक बनाउन चाहन्छौँ । विकसित बनाउन चाहन्छौँ । यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा ठूलो र पवित्र उद्देश्य हुन सक्दैन,’ उनले भने । 

उक्त उद्देश्य प्राप्त गर्नका लागि हामीले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखेको पनि प्रधानमन्त्री ‌‌ओलीले बताए । उनले अघि भने, ‘नेपाल निरोगी जनताको, निरोगी पशुपंक्षीहरूको, वनस्पतिहरुको, निरोगी माछा, चराचुरुंगी आदि सबैको निरोगी नेपाल हुनुपर्छ । जहाँ कुनै किसिको विषादी खान नपरोस् ।’

कान्तिपुर

Link copied successfully