प्रधानमन्त्री ओली भन्छन् : नेपाल बन्छ, गरेर देखाऔँ

प्रधानमन्त्री ओलीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा विकसित मुलुकमा स्तरोन्नति गर्नुपर्नेमा जोड दिए।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli says: Nepal will become, let's show it

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।  

'हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ,' प्रधानमन्त्री ओलीले भने, 'हामी सबै लागेमा ‘वी क्यान डू’.... नेपाल बन्छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully