त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली-काठमाडौं प्रसारण लाइनको स्टेसनमा क्षति

नुवाकोटका पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत क्षेत्रमा बाढीले कटान गरेको छ, प्रशासनले सुरक्षित रहन आग्रह गरेको छ।

श्रावण १४, २०८२

रासस

Trishuli water level rises suddenly, damage to Trishuli-Kathmandu transmission line station

त्रिशूली — बुधबार बिहानदेखि भोटेकोशीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौं प्रसारण लाइन’को स्टेसनमा क्षति भएको छ ।  

रासस

Link copied successfully