काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने नेताहरुले बताएका छन् ।
माओवादी स्थायी समिति बैठक शुक्रबार साउन १६ देखि बस्दैछ ।