रास्वपाका संघीय सांसद रुपन्देहीका पालिका-पालिकामा 

श्रावण १४, २०८२

दीपेन्द्र बडुवाल

Federal MP of RSVP in the municipality of Rupandehi

भैहरवा — रास्वपाका संघीय सांसद बुधबार बिहान कार्यकर्ता भेटघाटका लागि रुपन्देहीका १० पालिकामा पुगेका छन् । पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको उल्लेख गर्दै हस्ताक्षर संकलन भइरहेका पालिकामा सांसदहरू पुगेका छन् । 

रास्वपा जिल्ला सचिव विष्णु पौडेलका अनुसार बुधबार दिउँसो भैरहवाको रमदा होटलमा संसदीय दलको बैठक राखिएको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म राखिएको संसदीय दलको बैठकमा सहभागिताका लागि रास्वपाका १९ सांसद मंगलबार रुपन्देही आएका छन् । बुधबार बिहान कार्यकर्ता भेटघाट, पार्टी प्रवेशलगायत उद्देश्यले सांसदहरू पालिकास्तरमा पुगेको पौडेलले बताए । 

पर्टीका अनुसार रास्वपा नेता स्वर्णीम वाग्ले क्षेत्र नम्बर १ मा केन्द्रित छन ।  कार्यवाहक सभापति डीपी अर्याल सदरमुकाम भैरहवामा घरदैलोमा व्यस्त छन । बिहान हस्ताक्षर अभियानमा सघाउने र दिउँसो संसदीय दलको बैठकमा सहभागी भएपछि साँझ पख सांसदहरू घरदैलो अभियानमा जुट्ने रास्वपा स्रोतले जानकारी दिएको छ । 

दीपेन्द्र

Link copied successfully