नागढुङ्गा सुरुङमार्गको बाँकी काम छिटो सक्न मन्त्री दहालको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेका छन् ।

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Minister Dahal's instructions to speed up the rest of the Nagadhunga tunnel work

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत निरीक्षण गर्दै प्रगतिबारे जानकारी लिएका छ्न् ।

मंगलबार बिहान सडक विभागका अधिकारीहरुसहित मन्त्री दहालले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा दहालले बाँकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिए ।

सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा छिटो सक्नेगरी काम भइरहेको जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully