प्रधानमन्त्री ओलीले गरे महोत्तरीको पुल र प्रसूति गृह उद्घाटन

श्रावण ९, २०८२

सन्तोष सिंह

Prime Minister Oli inaugurated Mahottari's bridge and maternity home

महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिकामा निर्माण गरिएको पुल र प्रसूति गृह उद्घाटन गरेका छन् । शुक्रबार उनले मटिहानी वडा नम्बर ८ मा विग्ही नदीमाथि बनेको ५० मिटर लम्बाइको पुल उद्घाटन गरेका हुन् ।

मटिहानी वडा नम्बर ६ मा बनेको प्रसूति गृह पनि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । पुल निर्माणमा संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट ७ करोड ५७ लाख रुपैयाँभन्दा बढी खर्च भएको मटिहानी नगरपालिकाका इन्जिनियर विमलेश साहले जानकारी दिए ।

Prime Minister Oli inaugurated Mahottari's bridge and maternity homeउनका अनुसार मन्त्रालयले पुलका लागि ९ करोड ५४ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो। चितवनस्थित कालिका कन्स्ट्रक्सन प्रा. लि.ले ७ करोड ६७ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न गरेको हो ।

Prime Minister Oli inaugurated Mahottari's bridge and maternity home

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully