राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

श्रावण ९, २०८२

कान्तिपुर संवाददाता

Meeting between President Paudel and Speaker Ghimire

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन्। उनीहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो ।

भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा जाने कार्यक्रम छ ।

कान्तिपुर संवाददाता

Link copied successfully