भारत हुँदै कुवेतलगायत मुलुक लैजान लागिएका ४७ महिलाको उद्धार

श्रावण ८, २०८२

सन्जु पौडेल

Rescue of 47 women who were about to be taken to Kuwait and other countries through India

तिलोत्तमा — भारत हुँदै कुवेतलगायत मुलुक लैजान लागिएका ४७ नेपाली महिलाको उद्धार गरिएको छ ।

 उनीहरूलाई बिहीबार साँझ ८:३० बजे जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्री, २७ नम्बर गण रुपन्देहीका सहायक प्रहरी उपरीक्षक मेखराज जोशी लगायतको टोलीले नाकाबाट  नेपाल प्रवेश गराई जिल्ला प्रहरी कार्यालय भैरहवामा ल्याएको हो । 

उनीहरूलाई प्रवेश रेकर्ड राखेपश्चात् आजै काठमाडौंस्थित मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइने जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उनीहरूलाई  बा.प्र.०१-००६-ख ७५४६ नम्बरको बसमा नेपाल भित्र्याइएको हो । 

उद्धार गरिएका महिला नेपालका विभिन्न स्थानका २२ वर्षदेखि ३२ उमेर समूहका छन् ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully