वामदेवले भने : मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिनँ

श्रावण ७, २०८२

न्युज एजेन्सी नेपाल

Vamdev said: I will not be able to stay in the party for a long time if I am not given the scope of work

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके आफू पार्टीमा लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन्।

बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरेका छन्।

उनले काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गरेका छन्। उनले कामबिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म पार्टीमा बस्न नसक्ने बताए ।

उनले भने, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ। मलाई चाहिँदैन पद। मैले त्यो पहिला पनि भनेको छु। मलाई काम दिनुस्। काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको सिर्जना गरिदिनुस्। कामबिनाको पद चाहिँदैन। कुनै पनि हालतमा चाहिँदैन। म बस्दा पनि बस्दिन। यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिन। मलाई काम गर्ने क्षेत्र चाहियो। एउटा जिल्ला कि, दुईवटा जिल्ला कि, आधा जिल्ला कि, एउटा पालिका कि । क्षेत्र भनेको, जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग, यी संरचनाहरू छन्। जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ।’

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखिएको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्‍याउनुपर्ने बताएका छन्।

न्युज

Link copied successfully