साढे १८ करोडको लागतमा बन्यो सीतापुष्प वाटिका 

श्रावण ७, २०८२

कमलेश ठाकुर

Sitapushpa garden was built at a cost of 18.5 million

What you should know

जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिका–१३ मा साढे १८ करोडको लागतमा सीतापुष्प वाटिका (मणिमण्डप) निर्माण भएको छ । बुधबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मणिमण्डपको उद्‍घाटन गरेका हुन् ।

‘एक सहर, एक पहिचान’ आयोजनाअन्तर्गत बनेको मणिमण्डप मूल्य अभिवृद्धि करबाहेक १८ करोड ५३ लाख २१ हजार सात सय ८० रुपैयाँ लागतमा बनेको हो । २०७५ मंसिर २४ गते भवन निर्माणको सम्झौता भएको थियो । एक पटक म्याद थप गरेर करिब सात वर्षमा मणिमण्डप निर्माण सम्पन्न भएको हो ।

भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९७ दशमलव ९७ प्रतिशत रहेको छ । भवन आकर्षक वैवाहिक गन्तव्यस्थलका रूपमा बनाइएको छ । सुविधासम्पन्न भवनसहित दुई वटा धर्मशाला र दुई वटा पभेलियन निर्माण गरिएको छ ।

Sitapushpa garden was built at a cost of 18.5 millionप्यालेस भवनमा ७० जना अटाउने हल, अट्याच शौचालयसहित १६ वटा कोठा, एक वटा डाइनिङ हल, एक वटा भान्छा कोठा, एक वटा सङ्ग्रहालय कार्यालय, टिकट काउन्टर र दुई वटा गोदाम कोठा रहेका छन् । दुई वटा धर्मशालामा १३ वटा डोर्मिटोरी कोठा, एक वटा डाइनिङ हल, एक वटा भान्छा कोठा, विवाहमण्डप, दुई वटा पभेलियन र १० वटा पसल कोठा रहेका छन् ।

Sitapushpa garden was built at a cost of 18.5 millionउद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री सिंहले समुचित विकासका लागि सरकारले आवश्यक संरचना बनाइरहेको बताए । तीनै तहका सरकारले सहकार्य गरेर अझै महत्त्वका आयोजनाहरू मधेशमा सञ्चालन गर्ने आश्वासन पनि उनले दिए । ऐतिहासिक स्थललाई अझ प्रचारप्रसार गरेर विश्वमा पहिचान स्थापित गराउनुपर्ने उनको भनाइ छ ।

Sitapushpa garden was built at a cost of 18.5 million

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully