संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधन : अध्यक्ष दाहाल

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

Amendment of the constitution only after a good review of the implementation of the constitution: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष दाहालले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो भनेर समीक्षा गर्ने बेला भएको बताएका हुन् । 

संविधान कार्यान्वयन कस्तो रह्यो भनेर समीक्षा गर्नुपर्ने जरुरी रहेको र समीक्षापछि मात्रै संशोधन र परिमार्जनको प्रक्रियामा जान जरुरी रहेको दाहालले बताए ।

‘हामीले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो, सकिएन समीक्षाको बेला आएको छ । हामीले संविधान कति राम्रोसँग कार्यान्वयन गर्न सकियो, सकिएन, त्यसको पनि समीक्षाको बेला आएको छ । हामी पहिला त समीक्षा गरौँ त्यसपछि संशोधन र परिमार्जनको प्रक्रियामा लैजाऔँ । यसमा पनि सबै बुद्धिजीवी, नेता, कार्यकताहरु र राजनीतिक दलको ध्यान जाओस्,’ अध्यक्ष दाहालले भने । 

अध्यक्ष दाहालले कुनै पनि राजनीतिक दलबाट महिला अघि आउने कुरा आफ्नो लागि खुसीको कुरा भएको बताए । महिला,दलित, आदिवासी, जनजाति, थारुले पाएको अधिकारमा इतिहासले सम्मान गरिसकेको उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully