जसपाका दुई नेता जनमत प्रवेश

श्रावण ५, २०८२

लक्ष्मी साह

Two Jaspa leaders entered the public opinion

What you should know

बारा — अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी राजनीति समितिका दुई नेता पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् । बाराको कलैयामा सोमबार आयोजित कार्यक्रममा प्रमोद गुप्ता र पारसप्रसाद साहले पार्टी परित्याग गर्दै सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन्।

जनमत पार्टीका अध्यक्ष राउतले २०६४ मा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संविधानसभा सदस्य  गुप्ता र २०७४ मा निर्वाचन क्षेत्र नम्बर ३ 'ख' बाट निर्वाचित मधेस प्रदेशसभाका पूर्वसदस्य  साहलाई जनमत पार्टीमा प्रवेश गराएका हुन् ।

दुवै नेता उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार पार्टीबाट राजनीति सुरु गरेका थिए । उनीहरू पछिल्लो समय  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा थिए । दुवैले आफूसहित ५ सय कार्यकर्ताले पार्टी परित्याग गरेको दाबी गरेका छन् । 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully