काहुँखोलाले धार फेर्दा भत्कियो पर्खाल, घरमै पस्यो बाढी

श्रावण ४, २०८२

अनुप पौडेल

When Kahunkhola overflowed, the wall collapsed and the flood entered the house

What you should know

कास्की — अविरल वर्षाका कारण खोलाको बहाव बढेर पर्खाल भत्किँदा पोखरामा घरमै बाढी पसेको छ । शनिबार रातिदेखि परेको पानीले पोखरा महानगरपालिका-१३ स्थित काहुँखोलाको बहाव बढ्दा काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदोसहितको बाढी पसेको हो । साथै एउटा घर खोलाले कटान गरेको छ । 

ढल्के पुलकी स्थानीय ५१ वर्षीय दीपा लामाको दुई कोठाको एक तले कच्ची घर खोलाले कटान गरेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पोखरा-१८, पोखरा-२० अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति भएको उनले बताए । उनकाअनुसार जिल्लाभर भएका बाढी-पहिरोका घटनामा मानवीय क्षति भने भएको छैन ।

खोलाले पर्खाल भत्काउँदा कटान गरेर ढल्के पुलको एउटा घरमा क्षति भएको पोखरा-१३ का वडाध्यक्ष किरण बरालले बताए । `माथि एक ठाउँमा पर्खाल भत्किएर क्षति भएको हो । खोलाको धार मिलाउने काम भएको छ,´ उनले भने, `क्षति भएको घरमा जाली लगाउने काम हुँदैछ ।´

When Kahunkhola overflowed, the wall collapsed and the flood entered the houseकाहुँखोला बजारस्थित नहर र लेदोसहितको बाढी पसेका घर-खेत । तस्बिर : अनुप पौडेल/कान्तिपुर

पोखरा-१३ शुभकामना टोलबाट काहुँखोला दुईतिर बग्छ । त्यहाँबाट खोला पूर्वतिर नहरमार्फत विजयपुर खोलामा मिसिन्छ भने दक्षिणतिर सिँचाइ नहरमा जान्छ । यहाँ कांग्रेसका स्थानीय नेता दीपक गुरुङ र उनका आफन्तले प्लटिङ गरेका छन् जसको रिटेनिङ पर्खालले सिँचाइ नहर साँघुरिएको छ ।

सिँचाइ नहर साँघुरो हुँदा पानीले निकास नपाएर शुभकामना टोलका घर शनिबार राति डुबानमा परेका थिए । पानीले निकास नपाएपछि र बहाब थेग्न नसकेपछि ०३८ सालतिर निर्माण गरिएको पर्खाल भत्किएको हो । त्यसपछि दुईतिर जाने पानी एकैतिर बग्दा खोलाको बहाब बढ्यो । जसले नहर आसपासका घरमा बाढी पसेको हो । यसअघि काहुँखोला अहिले पर्खाल भत्किएभन्दा बायाँतर्फबाट नहरमा मिसिन्थ्यो । 

अनुप

Link copied successfully