'काठमाडौं हरर फिल्म फेस्ट' हुँदै

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Through 'Kathmandu Horror Film Fest'

What you should know

काठमाडौँ — नेपालमा हरर, काल्पिनक र लोककथा विधा समेट्ने फिल्म महोत्सव 'काठमाडौं हरर फिल्म फेस्ट' सुरु हुँदैछ । अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म महोत्सव आयोजना हुने महोत्सव निर्देशक रसिक पाठकले बताए ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को सह–आयोजनामा महोत्सव हुन लागेको हो ।

निर्देशक पाठकले नेपालमा यी विधामाथि खासै फिल्म नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले यस्ता विधाका फिल्म निर्माण, प्रोत्साहन र प्रचारका लागि महोत्सव सुरु गरिने बताए । 'महोत्सव गर्नुको मुख्य उदेश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित फिल्म प्रवर्द्धन गर्ने र यी विधाका लागि दर्शक बढाउन मद्दत गर्ने लक्ष्य हो,'पाठकले भने । 

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुने आयोजकले जनाएको छ । उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्मलाई पुरस्कृत गरिनेछ । 

कान्तिपुर

Link copied successfully