लुम्लेमा २४ घण्टामा २१५.८ मिलिमिटर वर्षा

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

215.8 mm of rain in 24 hours in Lumley

What you should know

काठमाडौँ — गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा (२१५.८ मिलिमिटर) परेको छ । अहिले पनि मधेशबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

महाशाखाका अनुसार त्रिवेणी, धनकुटामा १९५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै माईपोखरीमा १८१.२ मिलिमिटर र मछुवाघाटमा १७३.२ मिलिमिटर वर्षा भएको छ ।

एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

कान्तिपुर

Link copied successfully