एमाले पोलिटब्युरो बैठक : विधान मस्यौदा अनुमोदन

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

UML politburo meeting: approval of draft law

What you should know

काठमाडौँ — एमालेले पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र एउटै व्यक्ति दुई कार्यकाल नराख्ने, केन्द्रीय कमिटीको संख्या घटाउने विधान मस्यौदालाई अनुमोदन गरेको छ ।

शनिबार सकिएको पोलिटब्युरो बैठकले विधान मस्यौदालाई केन्द्रीय कमिटीमा पेस गर्ने गरी अनुमोदन गरेको हो ।

‘विधान मस्यौदालाई सर्वसम्मत पारित गरी केन्द्रीय कमिटीमा पेस गर्ने अनुमाति दिएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यसले पार्टीलाई अझै बलियो बनाउने बाटो खोलेको छ ।’

अब केन्द्रीय कमिटी अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ समेत गरी २५१ सदस्यीय हुने निश्चित भएको छ । यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा राखिने छ ।  केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ ।

कान्तिपुर संवाददाता

Link copied successfully