कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः  संयोजक परियार

श्रावण ३, २०८२

न्युज एजेन्सी नेपाल

The investigation into the cooling off period is ongoing, many works have been completed: Coordinator Pariyar

What you should know

काठमाडौँ — सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरुलाई राखेर अनुसन्धान अघि बढाएको छ ।

सिंहदरबारमा शनिबार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानबिन प्रक्रिया अघि बढाएको हो । बैठकपछि कुरा गर्दै समितिका संयोजक जीवन परियारले आज १२ औं दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३ औं दिन भएको बताए । 

उनले विगतमा कसरी र के काम भए, बाँकी कामहरु कसरी अघि बढाउने, छानबिनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिए । 

समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजको बैठकदेखि समितिमै राखेर काम सुरु गरेको बताए । आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग गर्नका लागि बोलाइएको बताए । 

उनले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरु सम्पन्न भइसकेको अवस्था रहेको बताए । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ ।

न्युज

Link copied successfully