What you should know
काठमाडौँ — नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता भएको छ । एकता अभियानका संयोजक वामदेव गौतम औपचारिक रुपमा नेकपा एकीकृतमा समायोजन भएका हुन् ।
गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताका साथै वरिष्ठ नेताको पद पनि दिइने भएको छ । अब पार्टीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेताका रुपमा वामदेव गौतम हुनेछन् ।
पार्टी एकता कार्यक्रम राष्ट्रिय सभागृहमा भएको थियो । दुवै पक्षका नेताहरुले पार्टी एकतालाई वामपन्थी एकताका लागि महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।
![Vamdev joins CPN-S, senior vice president with third ranking [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/51823124546222493780016467223965776403351359n-1872025124429-1000x0.jpg&w=1001&h=0)