एमाले पोलिटब्युरो बैठक शनिबार बस्नेगरी सकियो 

श्रावण २, २०८२

रासस

The UML Politburo meeting was held on Saturday

What you should know

काठमाडौँ — एमालेको पोलिटब्युरो बैठक भोलि ३ गते शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।  ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए । 

एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबारको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो । 

पोलिटब्युरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।

रासस

Link copied successfully