गृहमन्त्री लेखक भन्छन्- 'प्रहरीलाई हतियार नदिएर के दिने ?'

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Home Minister writer says - 'What will you give the police without giving them weapons?'

What you should know

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतियार कानुनअनुसार नै किन्न लागिएको बताएका छन् ।

बजेटमा हतियार किन्नका लागि विनियोजन गरिएको उल्लेख गर्दै मन्त्री लेखकले यो आर्थिक वर्ष हतियार किन्नका लागि काम अगाडि बढ्ने स्पष्ट पारे । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा मन्त्री लेखकले प्रहरीलाई आवश्यक पर्ने न्यूनतम हतियार किनिन लागेको जानकारी दिए ।

हतियार खरिदबारे सार्वजनिक रूपमा उठेका प्रश्न, समाचार र सांसदले राखेका जिज्ञासाको प्रस्ट पार्ने क्रममा मन्त्री लेखकले पुरानो टेन्डर खोलेर हतियार किन्ने प्रक्रिया अगाडि नबढाइएको बताए । 'तीन-चार वर्ष पहिला खोलिएका ठेक्का अहिले त्यसलाई निरन्तरता दिने, त्यसअनुसार हतियार खरिद गर्ने काम हुँदैन । त्यसमा कुनै द्वविधा मान्न पर्दैन,' उनले भने, 'हतियार खरिद गर्ने विषयमा बजेट विनियोजन गरिएको छ । त्यो बजेटअनुसार, चालुक आर्थिक वर्षमा सरकारले विनियोजन गरेको बजेटको सीमाभित्र रहेर कानुन बमोजिम पारदर्शी ढंगले हतियार खरिद गर्ने कुरा हुन्छ ।'

Home Minister writer says - 'What will you give the police without giving them weapons?'

हतियार प्राथमिकता हो कि भौतिक पूर्वाधार दुवै विषय प्राथमिकतामा रहेको पनि मन्त्री लेखकको भनाइ थियो । 'पूर्वाधार मात्रै बनाउने हो, हतियार दिने होइन भने फेरि अर्को समस्या हुन्छ । अब शिक्षकलाई त डस्टर र चक नै किन्नुपर्ने होला नि, विद्यार्थीलाई त कापी किताबै किन्नुपर्ने होला । अब शिक्षकलाई हतियार किन्ने कुरा र पुलिसलाई चक-डस्टर किन्ने कुरा गरेको भए अचम्म मान्नु पर्थ्यो,' उनले भने, 'अब पुलिसलाई हतियार नदिएर के दिने होला ?'

प्रहरीले अपराधीलाई नियन्त्रणमा लिनका लागि हतियारको प्रयोग गर्नुपरेको मन्त्री लेखकको भनाइ थियो । 'सीमामा कतिपय ठाउँमा हतियारसहित अपराधी पक्राउ गर्नुपर्छ । अपराधीलाई पुलिससँग हतियार छैन भन्ने पर्‍यो भने होला के ? त्यसकारण आवश्यक हतियार किन्ने हो, अनावश्यक किन्ने काम छैन,' उनले भने । 

कान्तिपुर

Link copied successfully