पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Meeting between former President Bhandari and Congress leader Koirala

What you should know

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसका नेता शेखर कोइरालाबीच शुक्रबार बिहान करिब एक घण्टा भेटवार्ता भएको छ । देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा भण्डारी र कोइरालाबीच कुराकानी भएको हो ।

कोइरालाले बिहीबार मात्र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए । कोइराला आज बिहान ९ बजे भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा प्रवेश गरेको विषयले एमालेभित्र हलचल पैदा भइरहेका बेला कोइरालासँग पार्टीको आन्तरिक अवस्था र सरकारको एक वर्षको समीक्षा भएको हो ।

कोइरालानिकट स्रोतका अनुसार दुई नेताबीचको भेटवार्तामा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नसकेको विषयमा कुराकानी भएको थियो । 

कान्तिपुर

Link copied successfully