विजेताले पर्यटन बोर्डबाट जनही २५ हजार रुपैयाँ पाउनेछन् ।
काठमाडौँ — नेपाल पर्यटन बोर्डले मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता विजेताहरु घोषणा गरेको छ । मे र जुन महिनामा प्राप्त २४१ फोटोमध्येबाट तीन तस्विर छनौटमा परेका हुन् ।
बबी शाहीले खिचेको लाखे शीर्षकको तस्विर, सुशील श्रेष्ठले खिचेको साँझदेखि बिहानसम्म शीर्षकको तस्विर र प्रियांशु कर्णले खिचेको जनकपुरधाम तस्विर उत्कृष्ट तीनमा परे ।
वरिष्ठ फोटोग्राफर मीन रत्न बज्राचार्य र नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले उत्कृष्ट तीन तस्बिरहरू छनौट गरेका थिए । विजेतालाई पर्यटन बोर्डले जनही २५ हजार रुपैयाँ प्रदान गर्नेछ ।
