काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार एमाले, कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी छन् ।
त्यस्तै छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, एमाले उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी सहभागी छन् ।
