मुलुक निकै ठूलो विस्फोटको दिशातिर गइरहेको छ : दाहाल

असार ३०, २०८२

कान्तिपुर संवाददाता

The country is heading towards a very big explosion: Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुक निकै ठूलो विस्फोटको दिशातिर गइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले मुलुक बहुआयामिक संकटबाट गुज्रिरहेको बताए । 

शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नेपाली समाजको जस्तो परिकल्पना गरिएको थियो त्यो पूरा हुन नसकेको बताए । ' जनतासँग जुन प्रतिबद्धता र कबुल गरेका थियौं, के हामी त्यो दिशातिर अघि बढिरहेका छौं ?  शान्ति सम्झौताका बेला जे सपाना देखेका थियौं, के त्यही दिशातिर अगाडि बढेका छौं त ? संविधान निर्माण गर्दा जनतासामु गरिएका प्रतिबद्धतातिर हामी अगाडि बढेका छौं त ?' उनले प्रश्न गरे । 

जताततै भ्रष्टाचार, अराजकता र बेथितिले आफूहरुको  प्रतिबद्धताको उल्टो दिशातिर मुलुक गइरहेको उनले बताए । 

'कथित दुई दलको सरकार भएका बेला सार्वभौम संसद्‌लाई बिचौलियाको खेल बनाइएको छ,' उनले आरोप लगाए, 'सरकार दलाल र बिचौलियाको स्वार्थपूर्तिमा लागिरहेको छ ।'

कान्तिपुर

Link copied successfully