दाहालको प्रश्न : सत्तारूढ दलकै कार्यकर्तासमेत असन्तुष्ट हुने गरी एक वर्षमा कसको विश्वास जित्नुभयो ?

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Dahal's question: Whose trust did you win in one year that even the workers of the ruling party were dissatisfied?

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको कामले कांग्रेस-एमालेकै नेता-कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन् ।

'अप्राकृतिक गठबन्धन'को औचित्यमाथि प्रश्न उठाउँदै उनले सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने प्रश्न गरे । 'राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र बिचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?' उनले भने ।

पचासौं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरुले कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनुपरेको, सहकारी र मिटरब्याज पीडितको समस्या झन् जटिल बन्दै गएको उनको भनाइ थियो । सरकारका गतिविधिबाट आम जनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको भन्दै उनले प्रश्न गरे, 'यो एक वर्षमा तपाईंले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भयो ?'

कान्तिपुर

Link copied successfully