प्रमुख प्रतिपक्षी दलका नेता दाहालले आज संसद्‌मा सम्बोधन गर्ने

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Dahal, leader of the main opposition party, will address the parliament today

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

सरकार गठन भएको १ वर्ष पूरा भएको सन्दर्भमा समसामयिक राजनीतिक विषयमा दाहालले संसद्‌मा आफ्ना धारणा राख्न लागेका हुन्। सोमबार दिउँसो १ बजेकालागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार दाहालले विपक्षी दलका नेताको हैसियतमा संसद्‌मा बोल्न लागेका हुन्। सोमबारको बैठकमा पार्टीका सबै सांसदहरूलाई उपस्थित हुन पाण्डेले भनेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully