काठमाडौँ — नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले रास्वपाले अदालतको आदेशको अवज्ञा गरिरहेको आरोप लगाएका छन् । उनले रास्वपा प्रतिगामी र गैरप्रजातान्त्रिक भएको आरोप समेत लगाए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले रास्वपाले हरेकपटक कांग्रेसमाथि आक्रमण गरिरहेको बताउँदै यस्तो टिप्पणी गरेका हुन् । कांग्रेसले पार्टीभीत्रै भ्रष्टचारविरुद्ध आवाज उठाइरहेको बताउँदै रास्वपालाई प्रश्न गरे, 'के तपाईंले पनि आफ्ना घोटालेबाजलाई प्रश्न गर्नुभयो ?'
उनले रास्वापाभित्र बोल्ने मान्छेहरुको हालत ढाकाराम र मुकुलको जस्तो हुने बताउँदै उनले थपे, 'जो बोल्छ उसको हालत ढाकाराम र मुकुल जस्तो भइदिन्छ । अनि तपाईंहरू हामीलाई लोकतन्त्र र कानुनी शासन सिकाउने ?' उनले रास्वपा प्रचारबाजीले भरिएको पार्टी भएको समेत आरोप लगाए ।
