अहिले लोकतन्त्र र गणतन्त्रको युग हो : राष्ट्रपति पौडेल

असार २९, २०८२

कान्तिपुर संवाददाता

Now is the era of democracy and republic: President Paudel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताएका छन् । आइतबार शीतल निवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई उनले आजको युगमा सरकारले सबै नेपालीलाई समान रूपमा न्याय दिनुपर्ने बताए । 

रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको भन्दै उहाँले भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेको राष्ट्रपति पौडेलको भनाइ छ ।  

'रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको छ । भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका छन् । नेपाली भाषाले विस्तार पाएको छ,' उनले भने । 

राष्ट्रपति पौडेलले साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्ने बताए ।  

कान्तिपुर संवाददाता

Link copied successfully