काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ ।
ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर असान्दर्भिक सामग्री अध्यागमनको साइटमा राखेको हो । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले ह्याकरले विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट नियन्त्रणमा लिएको र यसलाई रिकभर गर्ने प्रयास भइरहेको बताए ।
