काठमाडौँ — भोटेकोशीमा बाढी आउनुको कारण आझै पत्ता लागेन, उद्धार र राहत वितरणमा कठिनाइ भएको प्रशासनको भनाइ, चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त, टीपीएस खारेजीको निर्णयसँगै १२ हजार ७ सय नेपालीले अमेरिका छाड्नुपर्नेदेखि गुजरातमा पक्की पुल भत्किँदा नदीमा खसे गाडी, ९ जनाको मृत्युसम्मका खबर आज चर्चामा रहे ।
0000
चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवामा आएको भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू–उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको छ । त्यस्तै बाढीले सडक, बिजुली र टेलिफोन अवरुद्ध छ, उद्धार र राहतमा कठिनाइ भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताएका छन् ।
0000
आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय ९मलेनिका०, प्रदेश लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशीला अर्यालले जानकारी दिए ।
0000
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। उपकुलपतिका लागि सिफारिस भएकामध्येबाट प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
0000
अमेरिकी सरकारले अध्यागमनसम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गर्ने निर्णय गरेपछि १२ हजार ७ सय नेपालीको अमेरिका बसाइ अन्त्य हुने भएको छ । नेपालीलाई अमेरिकी सरकारले उपलब्ध गराएको टीपीएस २०८२ साउन २० बाट खारेज हुने निर्णय युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी डीएचएस ले २०८२ जेठ २३ मा गरेको हो ।
0000
भारतको गुजरात राज्यमा पक्की पुल भत्किए नदीमा गाडी खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आणंद र वडोदरा जोड्ने महिसागर नदीको पुल भत्किएको हो । हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । गुजरातका गृहमन्त्री हर्ष सांघवीले ९ जनाको शव भेटिएको र ६ जना घाइते भएको पुष्टि गरेका छन् ।
