राप्रपा अनुशासन समिति अध्यक्षमा सांसद कार्की  

असार २५, २०८२

कान्तिपुर संवाददाता

MP Karki as RPP Disciplinary Committee Chairman

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिको अध्यक्षमा सांसद रोशन कार्कीलाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद कार्कीलाई अनुशासन समितिको अध्यक्षमा मनोनयन गरेका हुन् । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यसमेत रहेकी नेता कार्कीलाई बुधबार अनुशासन समितिको अध्यक्षमा मनोनयन गरेका हुन् ।

राप्रपाको अनुशासन समितिको अध्यक्षमा यसअघि नवराज सुवेदी थिए । राजतन्त्र पुन:स्थापना गर्ने जनआन्दोलन समितिको संयोजक भएपछि सुवेदीले कुनै पनि पार्टीमा नरहने घोषणा गरेका थिए । त्यसपछि रिक्त समितिको अध्यक्षमा कार्कीलाई मनोनयन गरिएको हो ।

कान्तिपुर

Link copied successfully