पहिरोका कारण बेनी-दरवाङ सडक अवरुद्ध

असार २५, २०८२

घनश्याम खड्का

Beni-Darwang road blocked due to landslides

म्याग्दी — सदरमुकाम बेनीबाट पश्चिम दरबाङ, मुना जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । म्याग्दीखोला भेगको मालिका र धवलागिरी गाउँपालिका क्षेत्रमा भारी वर्षाका कारण यहाँ सडकमा माथिबाट पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्य थापाका अनुसार भारी वर्षापछि मालिका गाउँपालिका, ६ ढाँडखर्क, बेनी नगरपालिका, ४ फापरखेत समेत धेरै स्थानमा स–साना पहिरो झरेकोले सडकमा यातायाात पूर्ण अवरुद्ध भएका हुन्। 

जल तथा मौषम विज्ञान विभागको दरबाङस्थित बर्षा मापन केन्द्रको अभिलेख अनुसार बुधबार बिहान ६ बजेदेखि ८ बजेसम्म २ घन्टामा मालिका गाउँपालिका, ६ दरवाङ क्षेत्रमा एक सय १० मिमी वर्षा मापन भएको छ । त्यस्तै, धवलागिरी गाउँपालिका, ३ मुना स्थित वर्षा मापन केन्द्रमा सोही अवधिमा ७७ मिमी वर्षा मापन भएको छ । 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully