भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनु : सिन्धुपाल्चोक प्रशासन

असार २४, २०८२

कान्तिपुर संवाददाता

Heavy rain is likely, be alert: Sindhupalchok Administration

काठमाडौँ — मंगलबार राति भारी वर्षाको सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र मंगलबार राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जनाएका छन् ।

जसका कारण भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदासमेत सतर्कता अपनाउन आग्रह गरिएको उनले बताएका छन् ।

कान्तिपुर

Link copied successfully