प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

असार २४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli in the flood-affected area of ​​Rasuwa

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन्।

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल छन्।

यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा गएका छन्।

कान्तिपुर

Link copied successfully